Wednesday, August 2, 2017

मतदाता दर्ता अब स्थानीय निकायबाट

नेपालगन्ज, १९ साउन । बाँके जिल्लास्थित निर्वाचन कार्यालयबाट गरिँदै आएको नयाँ मतदाता नामावली दर्ता आजदेखि स्थानीय तहबाट शुरु गरिएको छ ।

जिल्लाका छ गाउँपालिका, एक नगर तथा एक उपमहानगरपालिकाबाट नाम दर्ताका लागि निर्वाचन कार्यालयले कर्मचारी समेत खटाएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मी र कार्यकारी अधिकृतबाहेक प्रत्येक स्थानीय तहमा चार÷चार जना कर्मचारी खटाइएको छ । मतदाता नामावली दर्ता कार्य साउन ३२ सम्म सञ्चालन हुने जनाइएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, बाँकेमा साउन १ देखि १५ गतेसम्म आठ हजार ७५५ जनाले मतदाता नामाावलीमा नाम दर्ता गराएका छन् । नयाँ दर्ता मतदाता नामावलीमा अहिलेसम्म महिला चार हजार ३०१, पुरुष चार हजार ४५२ र तेस्रो लिङ्गी दुई जना रहेका छन् । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts