Monday, August 7, 2017

जिसस भोजपुरको निर्वाचन साउन २९ मा

भोजपुर, २४ साउन । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ ।

एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

सभापतिमा नेपाली काँग्रेसको तर्फबाट विश्वनाथ पराजुली, डम्बर श्रेष्ठ र नेकपा (एमाले)का तर्फबाट लक्ष्मण खड्का, सविना राईको नाम चर्चामा रहेको छ जसका लागि मनोनयन दर्ता २७ गते गर्नुपर्नेछ । निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख १८ जनाले मतदान गर्न पाउने भएका छन् । जिससका लागि मतदातामा नेकपा (एमाले) बाट नौ, नेपाली काग्रेसका पाँच र नेकपा ( माओवादी केन्द्र)का चारजना रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको जिल्ला सभाको पहिलो बैठकले भोजपुरमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts