Sunday, August 6, 2017

चोरीका गाडी छानबिन गर्न छानबिन समिति

भीमदत्तनगर, २२ साउन । चोरीका गाडी खरिद गरेको भन्ने विषयमा छानबिन गर्न गठित तीन सदस्यीय छानबिन समितिले चार दिनदेखि सो विषयमा छानबिन समेत गरिरहेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी उप्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले किर्ते सवारीसाधन दर्ता गरी सञ्चालनमा ल्याएको विषयमा प्रहरीसमेत मुछिएपछि छानबिन थालिएको बताउनुभयो ।

प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिनका लागि प्रहरी उपरीक्षक नेतृत्वको टोली केही दिनअघि कञ्चनपुर पुगेको थियो । महाकाली अञ्चल यातायात कार्यालय भीमदत्तनगरको आग्रहमा कञ्चनपुर प्रहरीले किर्ते कागजात बनाएर सवारीसाधन किनबेच गर्दै आइरहेका भनिएका कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts