Sunday, August 27, 2017

बालक मृत अवस्थामा फेला

कलैया, ११ भदौ । हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवतmा भुनेश्वर साहले जानकारी दिनुभयो ।

घटना रहस्यमय भएको हँुदा अनुसन्धान भइरहेको साहले बताउनुभयो । हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts