Friday, August 4, 2017

राजश्व दोब्बर वृद्धि

भद्रपुर, २० साउन । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ ।

कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिनुभयो ।

राजिष्ट्रेशन दस्तुर रु ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा रु चार करोड ४४ लाख ३० हजार, नामसारीबाट रु आठ लाख ३३ हजार, प्रतिलिपि दस्तुरबाट रु दुई लाख ३७ हजार, दाखिला खारेजबाट रु ७७ लाख तीन हजार, डोरदस्तुरबाट रु एक लाख ३६ हजार, सम्पत्ति बिक्रीबाट रु सात हजार, बेरुजुबाट रु चार हजार र पूर्जा बिक्रीबाट रु सात लाख १२ हजार राजश्व संकलन गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts