दुबई । विभिन्न चलचित्रहरुमा अभिनयका साथै म्युजिक भिडियोहरुमा मोडलिङ गर्दै थिएटर क्षेत्रमा निकै भिजेकी बिना थापा दुबईमा हुने सांस्कृतिक कार्यक्रमहरुमा चर्चा कमाउंदै छिन् । युएईस्थित क्रियाशील संघ संस्थाहरुद्धारा आयोजना गरिने कार्यक्रमहरुमा पटक–पटक आउन थालेपछि लोकप्रियता बड्दै गएको हो ।
युएईस्थित दर्शकहरुको मांझमा चिरपरिचित तथा ख्याति कमाउन सफल बिना थापा यसभन्दा पहिला कलाकार समुह युएईले गत साल गरेको तीजको कार्यक्रममा आएकी थिइन् भने ३ महिना पहिले मात्र पाल्पाली समाज युएईले गरेको नयां बर्षको कार्यक्रममा आएकी हुन् । रुपन्देही सेवा समाज युएईद्धारा यहि १८ अगस्त २०१७ का दिन गरिने तीज बिशेष सांझ २०७४ सांस्कृतिक कार्यक्रमका लागि फेरि पनि आउने भएकी छिन् ।
अति नै मेहनती तथा हेर्दामा आकर्षक चेहरा मिलनसार स्वभावकी भएका कारण छिट्टै युएईका दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी छिन् । प्राय हुने कार्यक्रमहरुमा बिना थापाको माग बड्दै गएको पाईन्छ । तौलेर बोल्न रुचाउने भएकाले होला खानमा पनि मिठो तर थोरै खाने बानी देखिन्छ । धेरै स्टेजहरु तताई सकेता पनि अझै तताउने बांकी नै भएको बताउंछिन् । दुबईका घुम्ने पर्यटक स्थलहरु होस् या सापिङ मलहरु बिनादेखि अछुट रहेन ।
आजकल थिएटरतिर निकै व्यस्तता रहेता पनि रुपन्देही सेवा समाज युएईद्धारा यहि १८ अगस्त २०१७ का दिन गरिने तीज बिशेष सांझ २०७४ का लागि तम तयारी अवस्थामा रहेको बताएकी छिन् । उहांले अभिनय गरेको २ वटा चलचित्र छिट्टै बजारमा आउंदै छन् । उहां दुबईमा आउने खबरले युएईका दर्शकहरुमा उत्साह बढेको पाईन्छ । आशा गरौ यसपालिको दुबई भ्रमण पनि सुखमय रहोस्, शुभकामना छ बिना थापालाई ।
लालबहादुर ढेंगा, दुबई, युएई
Wednesday, August 2, 2017
दुबईमा हुने कार्यक्रमहरुमा चर्चा कमाउंदै बिना थापा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment