Monday, August 7, 2017

गाउँपालिकाका अध्यक्षको बिरामीलाई सहयोग

जाजरकोट, २४ साउन । जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गर्नुभएको छ ।

गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उहाँले सोमबार सो सहयोग गरेको बताउनुभयो ।

केसीको सहयोग पाएपछि आर्थिक अभावमा समस्यामा परेकी भीमसराले अस्पताल गएर रड निकाल्ने तयारीमा रहेको बताउनुभयो । पैसा नहुँदा घरमा रहेको एक हल गोरु बिक्री गर्ने तयारीमा रहेकी खड्का अब सो रकम पाएपछि खुसी हुँदै सहयोगीका साथमा नेपालगञ्जतर्फ लाग्नुभएको छ ।

मतदातालाई धन्यवाद दिँदै गाउँगाउँमा पुग्नुभएका केसीले बिरामीको समस्या देखेपछि सो रकम सहयोग गरेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts