पोखरा, १० भदौ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सवैसँग आग्रह गर्नुभएको छ ।
नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रममार्पmत बाढीपीडितका लागि आज आयोजित आपतमा राहतको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही दिनअघि भीषण वर्षासँगै आएको बाढीले तराईमा बस्ने धेरै दाजुभाई तथा दिदीबहिनी कहालीलाग्दो अवस्थामा दिन गुजार्नु परेकाले आपूmले जे सकिन्छ सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले बाढीपीडितहरूका लागि तत्कालका लागि खाद्यान्न, अप्ठ्यारोमा परेकाहरूको उद्धार र उचित ठाउँमा बस्ने वासको व्यवस्था गर्न सरकार प्राथमिकताका साथ अग्रसर भएको धारणा राख्नुभयो ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले संस्थाले हालसम्म रु १० लाख संकलन गरिसकेको र सबैभन्दा बढी पीडित भएका परिवारलाई ठाउँमै पुगेर राहत वितरण गरिने बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बाढी पीडितलाई मानवीय रुपमा सहयोग गर्न सबै पोखरेलीसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न महानुभावबाट झण्डै रु तीन लाख संकलन भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment