Monday, August 7, 2017

ट्रक चालकलाई अनिवार्य परिचय पत्र

दाङ, २३ साउन । दुर्घटना न्यूनीकरणका लागि ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालिएको छ ।

राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिनुभयो ।

समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् । मजगैयाका अनुसार चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिँदा लापर्बाहीका कारण दुर्घटना हुन सक्ने भन्दै दुर्घटना रोक्नका लागि ट्रक चालकलाई मात्र अनुमति परिचय पत्र प्रदान गरिएको हो ।

“चालकलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरेका छौँ, हाल ४०० को हाराहारीमा परिचय पत्र वितरण भइसकेको छ,” उहाँले भन्नुभयो । समितिमा गाडी दर्ता भई सञ्चालन भएका ट्रकका चालकलाई परिचय पत्र अनिवार्य गरिएको छ । भदौ १ गतेदेखि समितिले यसमा कडाइ गर्ने जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts