काठमाडौं
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन नजिकिदै जाँदा नेतृत्वको लागि रोचक प्रतिस्पर्धा देखिन थालेको छ । पत्रकार सम्वद्ध संस्थाहरु आफ्नो नेतृत्व स्थापित गर्ने होडबाजीमा देखिन्छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टर मध्य कस्को चुनावी गठबन्धन बन्छ भन्ने विषयमा चासो बढेको छ ।
प्रेस सेन्टरले पत्रकार गोविन्द आचार्यलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेपछि प्रेस चौतारी भित्र भुकम्प गएको छ । एमाले केन्द्रीय सदस्य एंव प्रचार विभाग उप–प्रमुख सूर्य थापाले आचार्यलाई संस्थागत निर्णय विना नै समर्थन गर्ने बचन दिएपछि चौतारीमा खैलाबैला मच्चिएको हो । पार्टी र चौतारीको कुनै पनि तहमा छलफल नगरी थापाले आचार्यलाई अध्यक्षमा समर्थन गर्ने बचन दिएकाले चौतारी सम्बद्ध पत्रकारहरु आक्रोशित छन् ।
चौतारी स्रोतका अनुसार थापाले आगामी संसदीय निर्वाचनमा प्युठान जिल्लामा आफुलाई समर्थन गर्ने सर्तमा आचार्यलाई व्यक्तिगत हिसावले महासंघ अध्यक्षमा समर्थन गर्ने बचन दिएका हुन । जिल्लाको राजनीतिक फाइदाका लागि चौतारीलाई प्रयोग गर्ने थापाको योजनाको चौतारी भित्र चर्कौ विरोध सुरु भएको छ । चौतारीका एक पदाधिकारीका अनुसार महासंघमा पहिलो शक्तिका रुपमा रहेको आफ्नो संगठनले तेस्रो शक्तिका रुपमा रहेको सेन्टरका उम्मेदवारलाई समर्थन गर्ने कुरा स्वीकार्य हुँदैन । यदि त्यस्तो अस्वभाविक गठबन्धन भए मत नदिने अडान पनि चौतारी सम्बद्ध पत्रकारहरुले राखेका छन् ।
थापाले आफ्नो राजनीति स्वार्थका लागि आचार्यलाई समर्थन गर्ने गरी अघि बढेपछि एमाले नेताहरु समेत आक्रोशित छन् । पार्टी र चौतारीलाई वेवास्ता गर्दै पार्टीको जिम्मेवार व्यक्तिले त्यस्तो प्रयास गरेपछि थापा विरुद्ध पार्टी भित्र चर्को विरोध सुरु भएको छ । २४ औं महाधिवेशनका समयमा भएको भनिएको आलोपालो सहमति एकोरावको निर्वाचनका बेला नै सेन्टरले भंग गरेको दावी चौतारीले गरेको छ । चौतारीका एक पूर्व पदाधिकारीका अनुसार सहमति भंग भएको नमान्ने हो भने २५ औं महाधिवेशन पछि वस्तुनिष्ट समिक्षा गरी आलोपालो नेतृत्व गर्न सकिने उल्लेख भएकाले त्यो सम्झौता अहिले लागु नहुने दावी गरे ।
सेन्टर भित्रै आचार्यको विरोध
अध्यक्षका रुपमा अघि सारिएका आचार्यको सेन्टर भित्रै चर्को विरोध सुरु भएको छ । महासंघका पूर्व उपाध्यक्ष समेत रहिसकेका आचार्य प्रेस काउन्सिल सदस्य, न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष र पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । सधै लाभको पदमा रहेर पनि अहिले महासंघको अध्यक्ष हुने चाहना राखेर सेन्टरका अन्य पत्रकारको नेतृत्वमा पुग्ने चाहनालाई कुन्ठित गरेको भन्दै विरोध भएको हो । सेन्टरको बैठकमा आचार्यको चर्को विरोध हुने गरेको बताइएको छ ।
युनियनमा पनि उस्तै
करिब एक दर्जन आकांक्षी देखिए पछि युनियनले पनि उम्मेदवार तय गर्न सकेको छैन् । दोस्रो हैसियतमा रहेको युनियनको उम्मेदवार चयन गर्न पार्टीले डा.प्रकाशशरण महत र डा.मिलेन्द्र रिजाललाई खटाएको छ ।
Tuesday, August 8, 2017
चौतारिका नेता थापाले सेन्टरलाई अध्यक्ष दिए पछि भाँडभैलो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment