काठमाडौँ, २६ साउन । गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री शर्माले हजयात्रीलाई विदाई गर्नुभएको हो । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झण्डा प्रदान गर्दै यात्राको सफलताको कामना गर्नुभएको थियो ।
उहाँले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
हजयात्राका लागि आज १३० जना मुसलमान समुदायका हजयात्री साउदी अरेबियातर्फ लागेका छन् ।
गृह मन्त्रालयको समन्वयमा यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ ।
ती मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् । रासस
Thursday, August 10, 2017
गृहमन्त्रीद्वारा हजयात्रीको बिदाइ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment