Friday, August 4, 2017

बाह्र घण्टापछि राजमार्ग एकतर्फीरुपमा सञ्चालन

नवलपरासी, २० साउन । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ ।

दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ ।
सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ ।

दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि गएरातिदेखि सो क्षेत्रमा सयौँ सवारीसाधन सहित हजारौँ यात्रु अलपत्र परेका थिए । दाउन्नेमा रहेको प्रहरी चौकीदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाका कारण सबैभन्दा ठूलो पहिरो खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts