Thursday, August 3, 2017

राजपाको जनमत चुनावबाटै जोगिन्छ : सचिव भट्टराई

जनकपुरधाम, १९ साउन । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँगे्रस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा आज पत्रकार भेटमा उहाँले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भन्नुभयो ।
एक प्रसंगमा उहाँले टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको छ भन्नुभयो ।

भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र सोबारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको उहाँले धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts