Thursday, August 10, 2017

अस्पतालको चमेनागृह सिलबन्दी

काठमाडौँ, २६ साउन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह अत्यन्तै फोहोर रहेको र म्याद नाघेको खाद्य पदार्थसमेत फेला परेको विभागले जनाएको छ । चमेनागृहबाट म्याद नाघेको एक लिटरको २० पोका तेल, आठ पोका चाउमिन र केही पेय पदार्थसमेत नष्ट गरी आवश्यक कागजपत्र लिई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

बैसठ्ठी किलो मासु नष्ट
अनुगमनका क्रममा ६२ किलो कुखुराको सडेको मासु नष्ट गरिएको छ । गौरीघाटमा रहेका न्यु काभ्रेली मिट सपबाट २४ किलो, काभ्रे सप्लायर्स एण्ड कोल्ड स्टोरबाट २१ किलो र दोस्ती कोल्ड स्टोरबाट १७ किलो सडेको कुखुराको मासु नष्ट गरिएको हो । तीन वटै पसललाई मूल्यसूची दैनिक अद्यावधिक गर्न, नापतौल प्रमाणीकरण गर्न, व्यवसाय र प्यान दर्ता तथा बधस्थलको व्यवस्थापन गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन टोलीले डिल्लीबजारस्थित दिया एण्ड प्रिया फार्मेसी र विनय मेडिकल हल तथा मैतीदेवीस्थित एक्युरेन्सी मेडिकल हललाई २४ घण्टाभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts