Saturday, August 26, 2017

महिला गुरुकूल स्थापनाका लागि महायज्ञ सुरु

काठमाडौँ, १० भदौ । कन्या गुरुकुल योग साधना केन्द्र तथा निरास्रित महिला एवं बाल आश्रम निर्माणमा सहयोग जुटाउन आजदेखि पशुपति क्षेत्रमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

योगिनी श्रीहम् वृन्दा बराल (निरौला ) प्रमुख वाचक भएको सो यज्ञको आज स्वामी डा विकासानन्द योगीले शुभारम्म गर्नुभयो । डा योगीले पवित्र सामाजिक उद्देश्य राखेर सप्ताह सुरु भएकामा शुभेच्छा व्यक्त गर्नुभयो ।

पशुपतिनाथ मन्दिर अगाडि गरिएको सो सप्ताहको यही भदौ १७ गते समापन हुनेछ । सप्ताहको मूल पाठ पारायणमा आचार्य पण्डित छविरमण निरौला रहनुभएको छ ।

झापामा आफ्नै अध्यक्षतामा हालै दिव्यपथ महिला सरोकार समाज दर्ता गरी योगिनी बरालले शिवसताक्षी नगरपालिका–१० माईधारमा प्रतिकट्ठा रु ११ लाखमा चार कट्ठा जग्गा खरिदका लागि आफ्नो निजी जग्गा बेचेर बैना गरिसक्नुभएको छ । उहाँले उक्त केन्द्रमा सकेसम्म निःशुल्क र महिलालाई मात्र सेवा दिइने लक्ष्य रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts