Sunday, August 6, 2017

‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’

पोखरा, २२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो ।

भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो ।

नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts