Thursday, August 3, 2017

काठमाडौँको प्रसारण प्रणालीमा समस्या

काठमाडौँ, १९ साउन । रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ ।

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ । प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा समेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आज दिनभर विद्युत् प्रसारण कटौती गरिएको जनाइएको छ । प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गट्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts