Wednesday, August 2, 2017

मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

उर्लाबारी (मोरङ), १९ साउन । मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ ।

नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।

मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२÷०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

गत आवमा जिल्ला प्रशासन कार्यालय, विराटनगरबाट ३१०, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट १६८ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत आवमा मोरङबाट ३३ हजार ४१२ जनाले नागरिकता लिएका छन् । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts