Saturday, August 26, 2017

एन आर एन मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध

मलेसिया ।

गैर आवासिय नेपाली संघ मलेशियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्बिरोध निर्वा्चित भएका छन् । उनका प्रतिद्धन्द्धी रमेश प्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने निर्बिरोध अध्यक्ष चयन भएका हुन् । यस्तै अन्य पदाधिकारीहरुमा पनि निर्बिरोध भएको छ ।

अध्यक्षमा निर्विरोध भएपछि अध्यक्ष न्यौपानेले जनसवालसँग कुरा गर्दै सबैलाई समेट्दै संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । सहमतिमा नेतृत्व चयन गर्ने संघको मर्म र सबैको हितका लागि आफूले उम्मेदवारी फिर्ता लिएको तिवारीले बताए ।

अध्यक्षसहित ३० सदस्यीय समिति निर्विरोध चयन भएको हो तर उनीहरुले यही अगस्ट २७ मा हुने पाँचौं अधिवेशन कार्यक्रममा औपचारिक रुपमा शपथ लिनेछन् । उपाध्यक्षमा सुभद्रा कुमारी लिम्बु, टेकबहादुर टमोटा र श्यामकला तिवारी पनि निर्बिरोध निर्वा्चित भएका छन् ।

यसअघि महासचिव, सचिव, कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वा्चित भइसकेका छन् । महासचिवमा लालबहादुर आले(सुन्दर), सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा(राजु), महिला संयोजकमा सुकमाया थापा(शान्ति) र युवा संयोजकमा ज्ञानेन्द्रबहादुर सिंह निर्विरोध भएका हुन् ।

निर्वाचन समितिका अनुसार आइसिसि सदस्यमा विश्वबिक्रम राई, र महेन्द्रजंग शाहका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।

१ हजार १ सय ९५ जना सदस्य संख्या रहेको एनआरएन मलेसियाको निर्वाचन अगष्ट २७ तारिखमा हुने तय भएकोमा उम्मेदवारी फिर्ता लिने समयमा अध्यक्ष लगायतका पदाधिकारी निर्बिरोध निर्वा्चित भएका हुन् ।

सदस्यहरुमा रामचन्द्र नेपाल, हरीप्रसाद कोईराला, अस्मिता सुवेदी, गणेश अधिकारी, बत्तम बहादुर, बलबहादुर राई, दिल कुमार केरुङ, सुवाश चन्द्र पौडेल, ईन्द्रनारायण लिम्बु, रामहरी सापकोटा, हेमराज सापकोटा, राजेन्द्रकुमार श्रेष्ठ, राजु ढुंगाना, डम्बर बहादुर रोकाया, श्रद्धा देवान र बिरेन्द्रकुमार नेगी, दिपक अधिकारी, जीवन बहादुर घिसिङ, पासाङ लामा र रेशम खत्री पनि निर्बिरोध निर्वा्चित भएका छन् ।

अध्यक्षमा चयन भएका न्यौपाने यसअघि अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् सदस्य रहिसकेका व्यक्ति हुन् ।न्यौपाने करिब १२ वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन् । मलेसियामा कानुनी, सामाजिक, आर्थिक, राजनीतिक लगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरुलाई आफूले सहयोग गर्दै आएको उनी बताउँछन् । अध्यक्षमा निर्वा्चित भएपछि मलेसियाका मुख्य–मुख्य शहरहरु जोहरबारु, पेनाङ लगायतका स्थानमा एनआरएनको क्षेत्रयि कमिटि गठन गर्ने, नेपाली कामदारलाई दिइने न्यूनतम पारिश्रमिकको सीमा बढाउन मलेसिया सरकार सँग छलफल गर्ने, मलेसियाको जेलमा रहेका नेपालीहरुका बारेमा दुतावाससँग सहकार्य गरी तथ्याङ्क संकलन गरेर नेपाल फर्काउन पहल गर्ने, मलेसियाको श्रम र परराष्ट्र मन्त्रालयसँग छलफल गरी बैधानिक रुपमा रहेका नेपालीहरुले समेत दुःख पाउने गरेकोमा त्यसको अन्त्यका लागि पहल गर्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे ।

उनले युरोप, जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशका एनआरएनले गरेको कामजस्तै गरेर मलेसियाको एनआरएनलाई शिखरमा पुर्याउने बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts