Friday, August 4, 2017

काँगे्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध

ललितपुर, २० साउन । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँगे्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध हुनुभएको छ ।

समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताउनुभयो ।

समितिको निर्वाचनमा नेपाली काँग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts