Sunday, August 27, 2017

बेमौसमी तरकारीखेती तालीम सम्पन्न

हुम्ला, ११ भदौ । समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालीम सम्पन्न भएको छ ।

तालीममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले प्रमाणपत्र वितरण गर्नुभयो ।

जिल्ला संयोजक राजबहादुर रोकायाले तरकारी बन्दाकोपी, मुला, धनिया, प्याज, लसुन र सागपातलगायतका हिउँदे तथा वर्षे तरकारी स्थानीय स्तरमै उत्पादन हुन थालेकाले सहज र सुपथ मुल्यमा तरकारी पाउन सकिने भएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts