Monday, August 7, 2017

कालीगण्डकीमा शिवलिंग फेला

रामपुर (पाल्पा), २४ साउन । कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो ।

सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् । कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिनुभयो ।

अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts