Thursday, August 3, 2017

पत्रकार उपचार कोषलाई सहयोग

भद्रपुर, २० साउन । विभिन्न सङ्घसंस्था एवम् दाताहरुको सहयोगबाट पत्रकार सहारा उपचार कोषमा रु २० लाख जुटिसकेको नेपाल पत्रकार महासङ्घ, झापा शाखाले जनाएको छ ।

लगभग एक वर्षदेखि थालनी भएको यो अभियानबाट कोषलाई रु एक करोडको बनाउने र त्यसबाट प्राप्त हुने ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्य रहेको कोषका संयोजक एकराज गिरीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा विर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले कोषमा रु २५ हजार प्रदान गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts