Monday, August 7, 2017

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा, २३ साउन । पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् ।

श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts