गुल्मी, ९ भदौ । सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशाँै बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य संचालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित इ रामआशिष दासलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरी पठाइएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
प्राधिकरणको पाँचवर्षे अवधिमध्ये बाँकी तीन वर्षका अवधिमा प्राधिकरणबाट तीन जिल्लामा संचालित केन्द्रीय आयोजना, संस्कृति पर्यटन, संघीय मामिला, शहरी विकास, शिक्षा, स्वास्थ्यलगायत कार्यालयमा संचालित योजनाको अनुगमन, मूल्यांकन र समन्वय गरिने इ दासले बताउनुभयो । उपसचिवस्तरको दरबन्दी रहेको उक्त प्रधिकरणमा हाल इन्जिनियर सहित १६ कर्मचारी रहने व्यवस्था छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेका घरमध्ये पाल्पामा चार हजार ६५२, अर्घाखाँचीमा एक हजार ३६ र गुल्मीमा चार हजार १४४ रहेको प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । रासस
Friday, August 25, 2017
तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय स्थापित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment