काठमाडौ, २३ साउन । भाई बहिनीको प्रेमको प्रतिक मानिने पर्व रक्षा बन्धन पर्व आज मिथिलाञ्चलसहित तराईका २० जिल्लामा मनाईदैछ ।
प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने गरिन्छ । रक्षा बन्धनका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले आफ्नो बहिनीलाई उपहार दिने गर्छन् । यसवर्ष चन्द्र ग्रहण लाग्ने भएकोले चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगावै रक्षा बन्धन मनाउन पण्डितहरुले सुझाव दिएका छन् ।
चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगाडिसम्म असौच रहने भएकोले चन्द्र ग्रहण शुरु हुनुभन्दा ९ घण्टा पहिले नै रक्षा बन्धन मनाउन पण्डित दिगम्बर झा दिनमणिले सुझाव दिनुभएको छ । नेपाल पञ्चांग निर्णायक समितिले रक्षा बन्धनका दिन चन्द्र ग्रहण लाग्ने भएकोले नागपञ्चमीकै दिन रक्षा बन्धन मनाउन पनि सुझाएको थियो ।
अन्य पहाडी जिल्लाहरुमा त्यही दिन रक्षा बन्धन मनाइएको थियो । तर मिथिलाका पण्डितहरुले रक्षा बन्धन पहिलेदेखि नै पूर्णिमाकै दिन मनाउँदै आएकोले पूर्णिमाकै दिन रक्षा बन्धन मनाउने निर्णय गरेका थिए ।
रक्षा बन्धन मनाउने तराइका २० जिल्लामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना निकालेर आज रक्षा बन्धन मनाउने जिल्लाहरुका लागि बिदा दिइएको उल्लेख छ । झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज बिदा दिइएको गृह मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
Sunday, August 6, 2017
मिथिलाञ्चलसहित तराईका जिल्लाहरुमा रक्षा बन्धन आज, २० जिल्लामा सार्वजनिक बिदा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment