Thursday, August 10, 2017

सप्तकोशी नदीको बहाव उच्च

इटहरी, २६ साउन । बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा आएपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ ।

वाग्मतीपूर्वका सबै खोला तथा नदी सप्तकोशी नदीमा आएर मिसिने हुँदा पूर्वी पहाडी क्षेत्रमा पर्ने वर्षा र आउने बाढी त्यस क्षेत्रका सबै खोला हुँदै सप्तकोशी नदीमा जम्मा हुन्छ । आज अपराह्न २ बजेतिर सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा भएको मापकअनुसार २ लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ ।

सप्तकोशीमा बिहानभन्दा केही बढी पानीको बहाव मापन भए पनि सुनसरी र सप्तरी क्षेत्रमा बसोबास गर्ने मानिसका लागि भने खासै जोखिम नरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । आज अपराह्नतिर सप्तकोशीमा आएको बाढीको मापनअनुसार कोशी ब्यारेजमा पानी निकासका लागि बनाइएका ५६ ढोकामध्ये ३० ढोका खोलिएकाले खासै खतरा सिर्जना भइनसकेको उहाँले जानकारी दिनुभयो ।

सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले कोशी ब्यारेज क्षेत्रमा रहेको प्रहरीले उच्च सतर्कताका साथ कोशीको निगरानी गरिरहेको जानकारी दिँदै होचो भाग भएका क्षेत्र आकाशबाट परेको पानीले जलमग्न बन्ने क्रम रहे पनि मानवीय दृष्टिकोणले जोखिम भने भइनसकेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts