Sunday, August 6, 2017

पशुजन्य पदार्थ उत्पादन वृद्धि

भद्रपुर, २२ साउन । झापामा तुलनात्मक रुपमा पशुजन्य पदार्थको उत्पादन विगतको भन्दा उल्लेखनीयरुपमा वृद्धि भएको छ ।वार्षिक औसत वृद्धिदर दुग्ध ६.४१, मासु ३.५ र फुल ५.५ प्रतिशत रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुग्ध ९३ हजार ५५ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९९ हजार १०३ मेट्रिक टन, अघिल्लो आवमा मासु १३ हजार ५४३ मेट्रिक उत्पादन भएकामा गएको आवमा १४ हजार १७ मेट्रिक टन र अघिल्लो आवमा एक करोड ९५ लाख ४४ हजार वटा अण्डा उत्पादन भएकामा गएको आवमा दुई करोड पाँच लाख ९९ हजार वटा उत्पादन भएको पशु चिकित्सक कुमारसिंह खत्रीले बताउनुभयो ।

पशुजन्य पदार्थको उत्पादन बढाउन जिल्ला पशुसेवा कार्यालयले र छ वर्षे आवधिक जिल्ला योजना तयार गर्नुका साथै दुग्ध उत्पादन बढाउन गाईपालन व्यवसाय र मासु उत्पादन वृद्धि गर्न बाख्रा र बंगुरपालन व्यवसायलाई उच्च प्राथमिकता दिई योजना सञ्चालन गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts