Tuesday, August 8, 2017

नदी तर्दा बगेर बालकको मृत्यु

कैलाली, २४ साउन । कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिनुभयो ।

नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts