Wednesday, August 2, 2017

पौडेललाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

नवलपरासी, १९ साउन । स्वास्थ्य अभियन्ता निर्मला पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।

लुम्बिनी प्लस संस्थाकी अध्यक्ष पौडेललाई मन्त्रालयले नगद रु ५० हजारसहित सम्मानपत्रमार्फत सम्मान गरेको हो । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले पौडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

नवलपरासीमा लामो समयदेखि एचआइभी संक्रमितको उपचार, हेरचाह तथा सहयोगमा कार्य गर्दै आउनुभएकी पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।

नवलपरासी गँैडाकोट निवासी पौडेल लुम्बिनी प्लसको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । लुम्बिनी प्लसमा रहेर पौडेलले लामो समयदेखि नवलपरासी जिल्लामा एचआइभी भएपछि हुने भेदभावको अन्त्यका लागि वकालतदेखि रोकथामका लागि विभिन्न कार्य गर्दै आउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts