Thursday, August 10, 2017

सूचना प्रविधि क्षेत्रमा काम गर्नेलाई सम्मान

काठमाडौँ, २६ साउन । सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउन उद्देश्यले आगामी भदौ १ गते दोस्रो ‘आइसिटी अवार्ड–२०१७’ दिइँदैछ ।
आइसी टेक मिडियाले सूचना प्रविधिका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने मिडियाका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो । ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी क्षेत्रमा काम गर्नेलाई सम्मान दिइनेछ । उहाँका अनुसार बेष्ट आइसिटी स्टार्टअप कम्पनी अवार्ड, बेष्ट इनोभेटिभ अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी स्कलर अवार्ड र वेष्ट नेपाली डायस्पोरा आइसिटी दिइनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts