Sunday, August 27, 2017

वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

जीतपुर (कपिलवस्तु), १२ भदौ । कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न नदीमा पस्दा आइतबार साँझ मल्लाहलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

उनको खोजीकार्यमा प्रहरी निरीक्षक सुशील थापाको नेतृत्वमा १२ जना प्रहरी परिचालन गरेको अधिकारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts