Wednesday, August 9, 2017

नेता पौडेलद्वारा हज टोलीलाई बिदाइ

काठमाडौँ, २६ साउन । साउदी अरबको मक्कामा हज गर्न गएको नेपाली मुसलमान टोलीलाई आज बिदाइ गरिएको छ ।

केन्द्रीय हज कमिटिको नेतृत्वमा हर्ज गर्न साउदी अरबको मक्कामा जान लागेको टोलीलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज विहान बिदाइ गर्नुभयो ।

मुसलमान समुदायको चारधाम जाने परम्पराअनुसार १३ जिल्लाका १२९ जना मुस्लिम मक्का प्रस्थान गरेका छन् । कूल ४३ दिनसम्म चल्ने कार्यक्रममा भाग लिन काठमाडौँका ६०, सुर्खेतका तीन, पर्वत दुई, तनहुँ १२, दाङ आठ, कास्की चार, गोरखा १३, चितवन दुई, अर्घाखाँची ७, पाल्पा ५, स्याङ्जा ९, मकवानपुर दुई र कैलालीका दुईजना त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल मुस्लिम संघका उपसभापति हाजी रफिक मियाँले मक्का र मदिनाको भ्रमण पूरा गरेपछि कुनै पाप नलाग्ने धार्मिक परम्पराअनुसार उक्त क्षेत्रको भ्रमण गर्न लागेको जानकारी दिनुभयो । उहाँले हाजी टोली ३५ दिन मक्का र आठ दिन पैगम्वर मोहम्मदको समाधिस्थल मदिनामा बस्ने कार्यक्रम रहेको बताउनुभयो ।

नेपालबाट हज गर्न जान लागेका कुल एक हजार २०८ जनामध्ये आज १२९ र दिनदिनै भदौ २ गतेसम्म त्यसतर्फ टोली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts