Sunday, September 24, 2017

घण्टाघर डोजो च्याम्पियन

बाह्रौँ उपत्यकाव्यापी कराते प्रतियोगितामा घण्टाघर शाखा डोजो च्याम्पियन बनेको छ ।

कमलपोखरीस्थित द रेयुकाइको भवनमा आज भएको प्रतियोगितामा छ स्वर्ण, तीन रजत र ११ कांस्यपदकका साथ घण्टाघर टिम च्याम्पियन बन्न सफल भएको हो ।

नेपाल सितोरियो कराते डो संघको आयोजनामा भएको उक्त प्रतियोगितामा चार स्वर्ण, तीन रजत र पाँच कांस्यसाथ भक्तपुर डोजो दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको आनन्दनगर डोजोले तीन स्वर्ण, तीन रजत र पाँच कांस्यपदक हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा भक्तपुरका सुवास परियार र महिलामा घण्टाघरकी अनुपमा बागचन्द उत्कृष्ट खेलाडी घोषित भए । सुवासले २५ केजी तथा अनुपमाले ३५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

अनुपमासहित महिला ५५ केजीमा मिना गुरुङ तथा पुरुष एकल कातामा शिरीष श्रेष्ठ, ४० केजीमा मनीष मगर, ६० केजीमा विजय तामाङ र खुला तौल समूहमा रोशन मगरले घण्टाघरलाई स्वर्ण दिलाए ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक डोजो प्रमुख हरिबहादुर राउतलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा काभ्रे र विभिन्न १६ डोजोका २७० खेलाडीले २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।  (रासस)

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts