Saturday, September 23, 2017

लहानमा एमाले विजयी

लहान, ७ असोज । लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ ।

प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरी ९जसवालले० ले ९ हजार ९०६ मत प्राप्त गर्नुभएको हो ।

लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजयी भएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts