Saturday, September 23, 2017

धोनवी गापामा काँग्रेस र सखुवाप्रसौनी गापामा फोरमका उम्मेदवार विजयी

पर्सा, ७ असोज (रासस)  ।  पर्साको धोवनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।

आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्र्यालयले जनाएको छ ।

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार फोरम नेपालका अध्यक्ष पदका उम्मेदवार प्रदीप जैसवाल र उपाध्यक्षमा फोरम नेपालकै फूलमतिकुमारी थरुइन विजयी हुनुभएको छ ।

अध्यक्ष पदमा फोरम नेपालका जैसवालले तीन हजार ६५७ मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज गिरीले दुई हजार ६१४ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा फोरमकी थरुइनले तीन हजार ६७२ मत हासिल गरी विजयी हनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी केदारकुमारी विश्वकर्माले दुई हजार ८५१ मत हासिल गरेको निर्वाचन कार्यालयले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts