Friday, September 22, 2017

विद्रोहीमाथि आक्रमण गर्नेलाई कारवाही माग

काठमाडौ ६ असोज (रासस) । नेपाल पत्रकार महासङ्घले ‘नयाँ विद्रोह’ साप्ताहिककी सम्पादक तथा प्रकाशक भावना विद्रोहमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्नुभयो ।
महासंघका सभासद् विद्रोहीलाई गत बुधबार राति ९ः३० बजे अज्ञात समूहले आक्रमण गर्दा नाक र टाउकामा गहिरो चोट लागेको र अहिले उहाँको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts