Thursday, September 21, 2017

सप्तरीको सप्तकोशीमा नपामा एमाले विजयी

राजविराज, ५ असोज (रासस) ः सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याउनुभएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताउनुभयो ।

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts