Thursday, September 21, 2017

राष्ट्रिय अखण्डता, जातीय सद्भाव र धार्मिक सहिष्णुताप्रति सबै एकताबद्ध हुनुपर्ने

पोखरा, ५ भदौ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय अखण्डता, जातीय सद्भाव र धार्मिक सहिष्णुताप्रति सबै जातजाति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

क्षेत्री समाजको आयोजनामा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले क्षेत्री समाजले पार्टीगत स्वार्थभन्दा उठेर निर्वाचनमा इमान्दार र स्वच्छ छवि भएका उमेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रीका जायज माग सम्बोधन गर्न राज्य तयार रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्षेत्री समाजका अध्यक्ष डा चन्द्रबहादुर थापा, पूर्वअध्यक्ष डा दिलबहादुर क्षेत्रीलगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts