Saturday, September 9, 2017

उपप्रधानमन्त्री र राज्यमन्त्रीसँग स्पष्टीकरण माग

काठमाडौँ, २४ भदौ । निर्वाचन आयोगले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र उहाँ सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०÷२५ वटा गाडी र १०० वटाभन्दा बढी मोटरसाइकल समेतको ¥याली÷जुलुस निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

त्यसैगरी आयोगले सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा काँग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेकामा स्पष्टीकरण सोधेको छ ।

उपप्रधानमन्त्री गच्छदार र जलस्रोत राज्यमन्त्री पुनले निर्वाचन आचारसंहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ को दफा ४
(क) विपरीत गाडी तथा मोटरसाइकलको ¥याली निकालेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts