Thursday, September 7, 2017

शिक्षा दिवस मनाउन विभिन्न उपसमिति

पोखरा, २२ भदौ । ३८औँ राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यका साथ पोखरा लेखनाथ महानगरपालिकामा विभिन्न उपसमिति गठन गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको शिक्षा महाशाखाका उपसचिव समन्तमणि आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले भदौ २३ गते पोखरा सभागृहमा एक कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णयका साथ उपसमिति गठन गरेको हो ।

संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका यस वर्षको शिक्षा दिवस मनाउन लागिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts