गौशाला, ८ असोज । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ ।
निर्वाचन अधिकृत यामबहादुर बानियाँका अनुसार नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा सोही दलकी रमिता प्रधान विजयी हुनुभएको छ ।
सिंहले चार हजार २३९ मत र उपप्रमुख प्रधानले चार हजार ५३ मत ल्याउनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले तीन हजार २६१ र हजरा खातुनले दुई हजार ८८९ मत ल्याउनुभएको छ ।
यस परिणामसँगै महोत्तरीका १५ वटै स्थानीय तहको परिणाम आएको छ । महोत्तरीमा स्थानीय तहको निर्वाचनमा राजपा सात, नेकपा (माओवादी केन्द्र) चार, नेपाली काँग्रेस तीन, फोरम नेपालले एक स्थान हासिल गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो ।
–––
No comments:
Post a Comment