Sunday, September 3, 2017

नेता पौडेलद्वारा पहिरोपीडितलाई राहत वितरण

बाग्लुङ, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता टेकराज पौडेलले निसीखोला गाउँपालिका–१ हुल्दी र वार्ड नं २ बाहुनगाउँका दुई पहिरोपीडित परिवारलाई राहतस्वरुप २० हजार वितरण गर्नुभएको छ ।

मृतक परिवारका सदस्यहरु लालबहादुर सिंजाली र रिमबहादुर छन्त्याललाई उक्त गाउँपालिका उपप्रमुख शोभा कार्की र वडाध्यक्ष इन्द्र मल्लको उपस्थितिमा आज सो रकम प्रदान गरिएको हो ।

अबिरल वर्षातको कारण गत साउन २० गते पहिरोमा परी वार्ड न १ हुल्दीकी खागीसारा सिंजाली र वार्ड नं २ बाहुनगाउँका मानबहादुर छन्त्याल, नन्द काली छन्त्याल, बिन्दु छन्त्याल र गीता छन्त्याल गरी पाँचजनाको मृत्यु भएको थियो ।

मृतक सिंजाली परिवारलाई रु चार हजार र छन्त्याल परिवारलाई रु १६ हजार प्रदान गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts