Thursday, September 7, 2017

चार किलो चरेससहित एक पक्राउ

काठमाडौँ, २२ भदौ । चार किलो लागुऔषध चरेससहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३१ वर्षीय ‘शुक्रराज थिङ’ भन्ने राजु लामा रहेका छन् ।

प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नं १०१ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts