काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र रहेको गुट उपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
रसुवा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीभित्रको गुट तथा उपगुटका कारण पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो हुनुपरेको बताउनुभयो ।
“अबका दिनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । अब पनि पार्टी संस्थागत नभए प्रान्तीय र केन्द्रीय निर्वाचनमा कमजोर नतिजा आउन सक्ने नेता केसीको भनाइ थियो ।
काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ शेर्पाले आउँदो असोज २ गते हुने स्थानीय तह तथा प्रदेश र केन्द्रको निर्वाचनमा पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्वजिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिलगायतले आपसमा मिलेर अगाडि बढ्न नेताहरूलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा रसुवाबाट माध्यमिक शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्र्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment