बँेसीशहर (लमजुङ), २४ भदौ । लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो बम विष्फोटन गरी हटाइएको छ ।
एक्साभेटरले हटाउन नसकेको पहिरो सात दिनपछि आज विष्फोटन गरेर हटाइएको हो । नेपाली सेनाको श्रीजंग गणको नेतृत्वमा प्राविधिक टोलीले बम ब्लास्ट गरेको हो । २० वटा बम ब्लास्ट गरेर पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
मस्र्याङ्दी गाउँपालिका–३ खुदीको अर्खलेमा सात दिनअघि ठूलो चट्टानसहितको पहिरो झरेको थियो । रासस
No comments:
Post a Comment