Saturday, September 2, 2017

निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच

भक्तपुर, १८ भदौ । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् ।

सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५०९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिनुभयो ।

शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts