भक्तपुर, २४ भदौ । प्रेस चौतारी नेपाल, भक्तपुर जिल्ला शाखाले यस वर्षदेखि प्रदान गर्न लागेको ‘चन्द्र–गंगा क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकार सोम शर्मा बजगाईंलाई प्रदान गर्ने भएको छ ।
बजगाईं नेपाल टेलिभिजनको भक्तपुर संवाददाता एवं ‘समय समाज’ साप्ताहिकका सम्पादक र भक्तपुर एफएमका कार्यक्रम सञ्चालक हुनुहुन्छ । क्रियाशील पत्रकारमध्येबाट एक जनालाई हरेक वर्ष प्रदान गर्नेगरी समाजसेवी एवं अधिवक्ता राजु खड्काले आफ्ना माता गंगा र पिता चन्द्रबहादुरको नाममा स्थापना गरेको रु ५० हजार राशिको अक्षयकोषबाट पुरस्कार प्रदान गरिने भएको हो ।
बजगाईंलाई नगद रु सात हजारसँगै दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिने प्रेस चौतारी भक्तपुरका अध्यक्ष कविता थापाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment