रामपुर (पाल्पा), २४ भदौ । पाल्पाको रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र रहेको रामपुरको दरैठाँटी माध्यमिक विद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो ।
घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी पनि निकै उत्साहित भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस सिभिल इञ्जिनियरिङ शिक्षाका लागि ४८ वटा कोटा रहेकोमा अहिले २८ जना विद्यार्थी भर्ना भएका छन् । यहाँ पाल्पालगायत स्याङ्जा, काभ्रे, इलाम, काठमाडौँ, सिन्धुली, डोटी, अछाम, धनगढी, झापालगायतका विभिन्न जिल्लाका विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
सस्तो र गुणस्तरिय खालको शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा शुरु गरिएको प्रअ देवकोटाले बताउनुभयो ।
तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ शिक्षा अन्तर्गत सात विषयको पढाइ भइरहेको छ ।
४८ जनाको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । माध्यमिक तह शिक्षा पूरा गरेपछि अन्यत्र पठनपाठनका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । रासस
Saturday, September 9, 2017
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment