Friday, September 22, 2017

धर्मगुरुको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, ६ असोज (रासस) , बोन धर्मका गुरु लुङ्तोक तेन्पे निमा रिन्पोछेको सम्झनामा आज यहाँ दीप प्रज्वलन गरिएको छ ।
नेपालको हिमाली जिल्ला विशेषतः डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ, सोलुखुम्बुलगायत जिल्लाका बालबालिकालाई बुद्ध धर्मसम्बन्धी ज्ञान दिनुभएका गुरुको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको बोन धर्म महासंघ नेपालका महासचिव गेसे छिरिङ छोक्ले लामाले जानकारी दिनुभयो । रिन्पोछेले नेपालमा बोन धर्मसम्बन्धी शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
रिन्पोन्छेले हिमाली क्षेत्रमा विद्यालय तथा भूकम्पले भत्काएका गुम्बा निर्माणमा ठूलो सहयोग गर्नुभएको महासंघका अध्यक्ष गेसे निमा कुन्क्याप रिन्पोछेले बताउनुभयो । उनानब्बे वर्षका उमेरमा भारतको दोलान्जी गुम्बामा गत भदौ २९ मा निधन भएका रिन्पोछेको यही असोज १६ गते भारतमा अन्तिम संस्कार गरिने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts